Like us!
Follow us!
Connect us!
Watch us!

ताेलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

शुक्रबार, ३२ साउन २०८१, १० : ४८ मा प्रकाशित

ताेलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने तोलामा २० रुपौँयाले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको