Like us!
Follow us!
Connect us!
Watch us!

एक खर्ब तरलता उठाउँदै राष्ट्र बैंक, आजै बोलकबोल

अर्थ संसार

आइतबार, ०२ भदौ २०८१, १२ : २६ मा प्रकाशित

एक खर्ब तरलता उठाउँदै राष्ट्र बैंक, आजै बोलकबोल

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्ने भएको छ । बैंकले आइतबार  एक खर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । २१ दिनका लागि राष्ट्र बैंकले तान्ने यो रकम भदौ २३ गते परिपक्व हुनेछ । यसका लागि बैंकले अपरान्ह ३ बजे बोलकबोल गर्नेछ ।

यो एकैपटक प्रशोचन गर्न लागिएको ठुलो रकम हो ।  गत हप्ता मात्र राष्ट्र बैंकले दुई पटक गरी ८० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो । 

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न पाउने छन् । केन्द्रीय बैंकले भदौ लागेसँगै पहिलोपटक तरलता उठाउन  लागेको हो ।  अघिल्लो महिना साउनमा केन्द्रीय बैंकले ५ पटक तरलता खिचेको थियो । जसमा साउन २ गते ५० अर्ब,९,१६,२३ र ३० गते क्रमशः ४० अर्ब रूपैयाँ तरलता उठाएको थियो ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको