Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ खर्ब ३० अर्बको थप सेयर सूचीकृत

अर्थ संसार

मंगलबार, ०४ भदौ २०८१, ०७ : ४१ मा प्रकाशित

नेप्सेमा १ खर्ब ३० अर्बको थप सेयर सूचीकृत

 


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गत आर्थिक वर्षको असार मसान्तसम्ममा कुल १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको थप सेयर सूचीकृत भएका छन् ।

केन्द्रिय बैंकले सार्वजनीक गरेको वित्तीय विवरण अनुसार नेप्सेमा ८६ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण सेयर, २१ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २१ अर्ब ६५ करोड रुपैयाँ बराबरको बोनस सेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ गरी कुल १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको थप सेयर सूचीकृत भएको हो ।

त्यस्तै, गत असारसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन भने ९१ जलविद्युत् कम्पनी,२२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० असारमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको