Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारबाट साउन महिनामै उठ्यो ४ अर्ब २३ करोड रुपैयाँ पुँजीगत लाभकर

अर्थ संसार

बुधबार, ०५ भदौ २०८१, ११ : ३२ मा प्रकाशित

सेयर बजारबाट साउन महिनामै उठ्यो ४ अर्ब २३ करोड रुपैयाँ पुँजीगत लाभकर

धितोपत्र बजारले एकपछि अर्को रेकर्ड तोड्दै उचाइ लिइरहेका बेला सरकारले यो बजारबाट प्राप्त गर्ने पूँजीगत लाभकर ह्वात्तै बढेको छ ।

चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महीना साउनमा मात्रै धितोपत्र बजारका लगानीकर्ताबाट सरकारले ४ अर्ब २३ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर उठाएको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले बताएको छ । यो अघिल्लो आर्थिक वर्ष (आव) २०८०/८१ मा संकलित कुल पूँजीगत लाभकरको नजिक छ ।

आव २०८०/८१ मा धितोपत्र बजारबाट सरकारले ५ अर्ब ५० करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको तथ्यांक सीडीएससीले उपलब्ध गराएको छ । धितोपत्र कारोबार गर्दा हुने लाभमा लगानीकर्ताले पूँजीगत लाभकर तिर्नुपर्छ जुन आयकरकै एक स्वरूप हो ।   मासिक पूँजीगत लाभकर संकलनमा यसअघिको रेकर्ड पनि यो वर्षको साउनमा भएको संकलनले तोडेको छ । यसअघि २०७८ साल साउनमा सरकारले १ महीनामा सर्वाधिक ३ अर्ब २४ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको