Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार बिचौलियाको हातमा छ:नारायणी शर्मा

अर्थ संसार

विहीबार, ०६ भदौ २०८१, १८ : ०४ मा प्रकाशित

सेयर बजार बिचौलियाको हातमा छ:नारायणी शर्मा

नेकपा माओवादी सांसद नारायणी  शर्माले  सेयर बजार बिचौलियाको हातमा पुगेको र बजार बढेको देखेर सरकार ढुक्क हुने अबस्था नभएको बताएकी छन् ।

आज प्रतिनिधि सभा बैंठकको शून्य समयमा बोल्दै शर्माले सेयर  बजारमा आम लगानीकर्ताको पहुँचभन्दा पनि विचौलियाको हातमा गएकाे  भन्दै सरकारकाे ध्यानाकर्षण गराएकि छन् । उनले सेयर  बजारले सर्वसाधारणको जीवनमा खास प्रभाव नपारेकाे बताइन् ।

उनले भनिन्,‘ ‘अहिले सेयर बजारको उकालो यात्रा देखेर सरकार ढुक्क नबन्नुहोस्, सेयर बजारमा बिचौलियाको नै पहुँच छ। यसले सर्वसाधारणको जीवनमा खास प्रभाव पार्न सकेको छैन।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको