मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबार विशेष साधारण सभा सम्पन्न गरेको छ ।
सभाको मुख्य एजेन्डा डिमर्ज रहेको थियो । सभामा प्रस्तुत गरिएको श्रृजनशील लघुवित्त सँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भयो । संस्थाले श्रृजनशील लघुवित्त सँग मर्ज गर्ने भनेर अघिल्लो आ.व. मा नै सम्पूर्ण प्रक्रिया पुरा गरेको थियो । विशेष कारणवस उक्त प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सभामा गराइएको थियो । संस्था र संस्थाका सम्पूर्ण लगानीकर्ताको हितका लागि यसो गरिएको संस्थाकी कार्यकारी प्रमुखले बताइन । यो मर्जर पूरा हुन नसके पनि अर्को उपयुक्त लघुवित्तको खोजी गरि मर्जरमा जानका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
गत साता मात्रै संस्थाले नाफामा गएको वित्तीय विवरण प्रकाशित गरेको थियो । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा रहेका छन् । संस्थाको शेयर पूँजी १० करोड ९३ लाख ७५ हजार रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस