Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने

अर्थ संसार

सोमबार, १० भदौ २०८१, ०७ : ५९ मा प्रकाशित

सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने

नेपाल सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने भएको छ । 

प्रधानमन्त्री  केपी शर्मा ओलीको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संविधान दिवश मूलसमारोह समितिको बैठकले  नेसनल डे कन्सर्ट गर्ने (राष्ट्रिय दिवश उत्शव) निर्णय गरेको हो ।

नेपाल सरकारले सैनिक मञ्च टुडिखेलमा औपचारिक कार्यक्रम गरे पछि नारायणहिटि दरबार अगाडिको खुला स्थानमा  नेसनल डे कन्सर्ट गर्न लागेको हो । नेपालका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने कार्यक्रममा नेपाल सरकारको पनि सहभागिता रहने बैठक पछि गृहमन्त्रालयका सचिव एक नारायण अर्यालले जानकारी दिनु भयो ।

यस्तै सरकारले संविधान दिवशको अवशरमा निजि क्षेत्रलाई विभिन्न विषयमा छुट सहुलियत पनि दिने भएको छ ।  छुट सहुलियत दिने विषय छनौटको लागि सबै मन्त्रालयको सचिवहरु भएको एक उपसमिति बनाइएको पनि सचिव अर्यालले जानकारी दिनुभयो । सरकारले संविधान दिवशको बिभिन्न कार्यक्रमहरु अशोज २, ३ र ४ गते मनाउने निर्णय गरेको छ । यस्तै संविधान दिवशको मूल कार्यक्रम अशोज ३ गते काठमाण्डौ लगाएत प्रदेश स्तरमा र पालिका स्तरमा मनाउन समेत सरकारले आह्वान गरेको छ । दिवश मनाउने अवधिमा सरकारले गरेका राम्रा कामहरुको सार्वजनिक प्रशारण र प्रदर्शन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको