Like us!
Follow us!
Connect us!
Watch us!

कडाइका साथ राजश्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

अर्थ संसार

मंगलबार, ११ भदौ २०८१, २१ : ०७ मा प्रकाशित

कडाइका साथ राजश्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले  कडाइका साथ  राजश्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएक छन् ।

सिंहदरबारमा आज सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरी पैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्ने जस्ता गलत कार्यलाई रोक्न  निर्देशन दिएका हुन् । उनले रु १५ खर्बसम्म राजश्व संकलन हुने अर्थतन्त्रको क्षमता भएकोले लक्ष्यअनुसार संकलन हुन के के गर्नुपर्छ, त्यस्को ठोस योजना ल्याउन आग्रह गरे । 

छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, आर्थिक तथा विकास  सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव लीलादेवी गड्तौला, गृह र अर्थ मन्त्रालयका सचिवहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, राजश्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकलगायत सहभागी थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको