Like us!
Follow us!
Connect us!
Watch us!

रुसी जासुसको रुपमा परिचित ह्वेल नर्वेको खाडीमा मृत भेटियो

अर्थ संसार

मंगलबार, १८ भदौ २०८१, २० : ३८ मा प्रकाशित

रुसी जासुसको रुपमा परिचित ह्वेल नर्वेको खाडीमा मृत भेटियो

रुसी जासूस मानिने सेतो बेलुगा ह्वेल ‘ह्वाल्दिमिर’को मृत्यु भएको छ । बीबीसीका अनुसार अगस्ट ३१ मा नर्वेको रिसाविका खाडीमा माछा मार्न गएका बाबु छोराले ह्वेलको शव तैरिरहेको भेटेका थिए ।

यो १४ फिट लामो ह्वेलको उमेर करिब १५ वर्ष थियो । यसको वजन १२२५ किलो थियो । उनको शव क्रेनले बाहिर निकालिएको थियो । मृत्युको कारण भने खुल्न नसकेको तर ठूलो डुङ्गाको ठक्करबाट मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । तर, उनको शरीरमा चोटपटकको निशान भने भेटिएको छैन ।

ह्वाल्दिमिर व्हेललाई पोस्टमार्टमका लागि पठाइएको छ । सन् २०१९ मा विश्वलाई पहिलो पटक यसबारे थाहा भएको थियो । यो रसियाबाट ४१५ किलोमिटर टाढा नर्वेको इन्गोया टापुको तटमा भेटिएको थियो। यस क्षेत्रमा बेलुगा ह्वेल पाइँदैन, त्यसैले यसको निगरानी गर्न थालिएको छ ।

ह्वाल्दिमिर ह्वेल पहिलो पटक नर्वेमा अप्रिल २०१९ मा देखिएको थियो । त्यतिबेला उसको घाँटीमा पट्टी थियो । रुसी सहर सेन्ट पिटर्सबर्गको नाम लेखिएको शरीरमा क्यामेरासहितको मेसिन पनि राखिएको थियो । रूसी नौसेना ह्वेल प्रशिक्षणको लागी परिचित छ । यही कारणले गर्दा यसलाई रुसको जासूस ह्वेलको रुपमा लिइएको थियो ।

ह्वाल्दिमिरको जनावरहरूलाई जासुस बनाउन रुसी परियोजनाको हिस्सा रहेको पश्चिमी मिडियाहरुले त्यतिबेला देखिनै रिपोर्ट गरेका थिए । तर, रुसले यसलाई अहिलेसम्म स्वीकार गरेको छैन । ह्वेललाई नर्वेमा हभाल भनिन्छ । त्यसपछि ह्वेल र रुसी राष्ट्रपतिको नाम मिलाएर सामाजिक सञ्जालमा भ्लादिमिर स्पाई ह्वेल भनिन थाल्यो ।

बेलुगा ह्वेलहरू सामान्यतया चिसो आर्कटिक महासागरमा बस्छन् । तर ह्वाल्दिमिर मानिसहरु माझ सजिलै बस्ने गर्दछ । ह्वाल्दिमिरलाई संरक्षण गर्ने नर्वेजियन गैरसरकारी संस्था मरिन माइन्डले विगत केही वर्षयता धेरै तटीय क्षेत्रमा आफूलाई देखेको बताए । 

मरिन माइन्डले ह्वाल्दिमिर मानिसहरूसँग खेल्न मन पराउँने बताएको छ । उनलाई नर्वेमा हजारौं मानिसहरूले माया गरेका थिए । उनको मृत्यु हृदयविदारक रहेको र  मर्नु अघिल्लो दिन शुक्रबार ह्वाल्दिमिरलाई अन्तिम पटक देखेका उल्लेख गरेको छ । 

ह्वाल्दिमिर आफ्नो समय भन्दा धेरै पहिले मृत्यु भयो । सामान्यतया, बेलुगा ह्वेलको औसत उमेर ६० वर्ष मानिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको