Like us!
Follow us!
Connect us!
Watch us!

सरकारविरुद्ध संघर्ष गर्ने तयारीमा छौँः माओवादी केन्द्र

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, ०८ : ४९ मा प्रकाशित

सरकारविरुद्ध संघर्ष गर्ने तयारीमा छौँः माओवादी केन्द्र

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारविरुद्ध संघर्ष गर्ने तयारी भइरहेको बताएको छ ।

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण, लोकतन्त्र र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने काममा सरकार लागि परेको जिकिर गर्दै त्यसका विरुद्ध सदन र संघर्ष दुवै संघर्षलाई चर्काउने तयारीमा आफूहरु रहेको बताएका हुन्।

मंगलबार पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले सरकार र सत्तारुढ दलका नेताहरुविरुद्ध जनमत उर्लेको भन्दै आफ्नो पार्टीले प्रतिरोध गरेर अघि बढ्ने बताए । उनले संविधान संशोधनको नाममा दुई दल सम्मिलित सरकारले जनताको अधिकार खोज्ने चेष्टा गरेकाले त्यसको विरुद्ध जमेर प्रतिवाद गर्ने नीति पार्टीले लिएको पनि बताए । 

प्रवक्ता सापकोटाले भने, ‘भ्रष्टाचारका फाईलहरु बन्द भइराखेका छन् । लोकतन्त्रको पक्षमा पनि दुई दलीय यो सरकार त्यति इमान्दार देखिएन । अब यो जनजीविकाको सवालमा पनि अब त्यति इमान्दार र गम्भिर देखिएन । त्यसकारण यी  तीन वटै पक्षमा जनताका असन्तुष्टिहरु बढ्दैछन् । सरकारप्रति त मैले भनिरहनु पर्दैन–विभिन्न कार्यक्रमहरुमा प्रधानमन्त्री तथा सत्ता साझेदारहरुको नेताका विरुद्ध जनमत उर्लिन थालेको छ । मेरो यो तपाईको लोकप्रिय मिडियामार्फत मेरो भनाई के छ त भन्दा जनताले ठूलो बलिदान गरेर प्राप्त गरेका हक अधिका छिन्ने कोशिस नगरौं । बरु त्यसलाई अझ विकास गरौँ । जनताको अधिकार बढाउने, अग्रगमनतिर जाने, परिवर्तनतिर जाने, जनताको अधिकारको झन विकास गर्ने कुरामा हामी तयार छौं । जनताको अधिकार खोस्ने कुनै चेष्टा गरिन्छ भने त्यसको विरुद्ध हामी जमेर प्रतिवाद गर्छौं । सदनमा पनि प्रतिवाद गर्छौं । र सडकमा पनि हामी प्रतिवाद गर्छौं । अहिले त्यसको तयारी हामीले गरिरहेका छौं ।’

प्रवक्ता सापकोटाले सरकार राष्ट्रियताको सवालमा पनि गम्भिर नभएको आरोप लगाए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको