Like us!
Follow us!
Connect us!
Watch us!

गठबन्धनमा खटपटको हल्ला चलेपछि देउवाको अभिव्यत्ति, कांग्रेस-एमालेबीच कुनै मतभेद छैन

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, १६ : १० मा प्रकाशित

गठबन्धनमा खटपटको हल्ला चलेपछि देउवाको अभिव्यत्ति, कांग्रेस-एमालेबीच कुनै मतभेद छैन

कांग्रेस र एमाले गठबन्धनमा खटपट आउन थालेको भन्दै हल्ला चल्न थालेपछि कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्ति बाहिरिएको छ। देउवाले कांग्रेस र एमालेबीच कुनै मतभेद नरहेको प्रष्ट पारेका हुन्। 

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले भने, ‘यो बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन। त्यसकारण पूराका पूरा समर्थन छ हाम्रो। खास खास कुरामा हाम्रो एउटै धारणा भएको हुनाले त्यस्तो कुरा छैन।’

एमाले र कांग्रेस पार्टी मुख्य प्रतिष्पर्धी रहेको उल्लेख गर्दै देउवाले भने, ‘कति कुरा समस्या हुन सक्छन् । समस्याको समाधान गर्नु नै हाम्रो कर्तव्य हो। यसमा चिन्ता लिनुपर्दैन । मलाई विश्वास छ, ओलीजी र मैले मिलेर, अरु साथीहरुले मिलेर पनि अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ।’

‘अहिले चुनौतिपूर्ण अवस्था रहेको उल्लेख गर्दै देउवाले चुनौतिपूर्ण अवस्थामा कर्मचारी अझ बढी जागरुक हुनुपर्ने बताए। ‘कहाँ चुनौति छ, सबैले बुझ्नुभएको छ। प्रजातन्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ। त्यसमा हामी सबै लाग्नुछ,’ देउवाले भने, ‘निजामति कर्मचारी स्थायी सरकार हो, कर्मचारी भइसकेपछि सरकारको निर्णय मान्नुपर्छ।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको