Like us!
Follow us!
Connect us!
Watch us!

एनसेल एपमा अब ‘पुलिस रिपोर्ट’ सुविधा

अर्थ संसार

आइतबार, २३ भदौ २०८१, ११ : १० मा प्रकाशित

एनसेल एपमा अब ‘पुलिस रिपोर्ट’ सुविधा

निजी दूरसञ्चार कम्पनी एनसेलले आफ्नो एपमा ग्राहकको आवश्यकता हेरेर नयाँ सुविधा थपेको छ । ग्राहकले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिन सजिलै आवेदन दिन सक्छन् । 

यो सुविधाले अब एक महत्त्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने भएको छ । प्रयोगकर्ताहरूले पुलिस रिपोर्टको लागि सिधै एपमार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

साउन २९ गतेबाट लागू हुनेगरी एनसेलले नेपाल प्रहरीको वेबसाइट https://www.nepalpolice.gov.np/ लाई आफ्नो नेटवर्कमा बिना कुनै डेटा शुल्क चल्नेगरी निःशुल्क बनाएको थियो । यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदनलगायतका सेवाहरू लिनका लागि यो वेबसाइट चलाउदा इन्टरनेटको पैसा लाग्ने छैन ।

 

66dd359bbfc5c.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको