Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंक र दुसित थानी हिमालयन रिसोर्टबीच सम्झौता

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, ११ : ५८ मा प्रकाशित

कुमारी बैंक र दुसित थानी हिमालयन रिसोर्टबीच सम्झौता

कुमारी बैंक लिमिटेड र धुलिखेल स्थित दुसित ठानी हिमालयन रिसोर्ट बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले दुसित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरु जस्तै खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पूल, ज्याकूजी, स्टीम तथा सोनामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड सेवा सञ्चालन रहेको छ । त्यस्तै, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको