Like us!
Follow us!
Connect us!
Watch us!

उपसभापति गुरुङमाथि छानबिन हुनुपर्छ- गगन थापा

अर्थ संसार

बुधबार, २६ भदौ २०८१, ०७ : ५५ मा प्रकाशित

उपसभापति गुरुङमाथि छानबिन हुनुपर्छ- गगन थापा

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको भन्दै उपसभापति गुरुङका विषयमा पनि निष्पक्ष छानविन हुनुपर्ने टिप्पणी गरेका हुन् । 

महामन्त्री थापाले गुरुङ आफैले संसदमा जस्तोसुकै छानविनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाई नगर्न नहुने बताए । उनले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानविन हुनुपर्ने र दोषि देखिए कारवाही समेत गर्नुपर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको