Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार एक तोला सुन किन्न १ लाख ५३ हजार ४ सय रुपैयाँ चाहिने

अर्थ संसार

बुधबार, २६ भदौ २०८१, ११ : ०७ मा प्रकाशित

बुधबार एक तोला सुन किन्न १ लाख ५३ हजार ४ सय रुपैयाँ चाहिने

बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला २ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै,महासंघका अनुसार  बुधबार चाँदी प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ७६५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको