Like us!
Follow us!
Connect us!
Watch us!

ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए..

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, १२ : ५५ मा प्रकाशित

ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए..

 प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मदिनको अवसरमा दोसल्ला ओढाएर बधाई दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको बधाई दिदै शुभकामना दिएका हुन् ।

दोसल्ला ओढाएको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै ओलीले लेखेका छन्- आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक  विषयमा कुरा पनि भयो। आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !!

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको