Like us!
Follow us!
Connect us!
Watch us!

माओवादीले सदन अवरोध कायमै राख्ने भएपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूलाई

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, ०९ : २२ मा प्रकाशित

माओवादीले सदन अवरोध कायमै राख्ने भएपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूलाई

माओवादीले सदन अवरोध कायमै राख्ने भएपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूलाई बोलाएका छन्।

सभामुखले आइतबार बिहान ११ बजे सिंहदरवारमा राष्ट्रिय दल (कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपा)का प्रमुख सचेतक, सचेतकलाई बैठकका लागि बोलाएका हुन्।

एमाले सांसद योगेश भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द प्रयोग गरेका थिए।

सभामुखले भदौ २६ गतेको बैठकमा उक्त शव्द हटाउन नपर्ने बताएपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्तिको निर्णय गरेका थिए। त्यसयता माओवादीले संसद अवरोध कायमै राखेको छ।


दुवै सदनको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यसअघि अर्थमन्त्री पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको