Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको संविधान दिवस अफरमा के के छन् सुविधा?

अर्थ संसार

बुधबार, ०२ असोज २०८१, ०९ : ४० मा प्रकाशित

नेपाल टेलिकमको संविधान दिवस अफरमा के के छन् सुविधा?

नेपाल टेलिकमले संविधान दिवसका अवसरमा अफर सार्वजनिक गरेको छ। आज बुधबारबाट लागू हुने टेलिकमले यो योजना संविधान दिवसको भोलिपल्ट असोज ४ गतेसम्म कायम हुनेछ।

टेलिकमका अनुसार यो अफर अन्तर्गत ४९ रुपैयाँमा एक दिनभरि १ एमबीपीएस अनलिमिटेड डाटा र एक सय मिनेट कल गर्न पाइनेछ। १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा अफर छ।

२९९ रुपैयाँमामा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज पनि उपलब्ध रहेको टेलिकमले जनाएको छ। 

७८९ मा फेस्टिभ कम्बो प्याक पनि यही अफर अन्तर्गत लिन सकिने भएको छ। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको