Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित

अर्थ संसार

सोमबार, ०७ असोज २०८१, ०९ : ३५ मा प्रकाशित

कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित

कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित भएको छ । 

भिसा इन्टरनेसनलले यही ४ असोजमा आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ मा बैंक ‘एक्सेलेन्स इन कन्ज्युमर क्रेडिट काड्र्स बिजनेस’ र एक्सेलेन्स इन क्रस बोर्डर बिजनेस’ अवार्डबाट सम्मानित भएको हो ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात् गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकहरूलाई प्रभावकारी वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको