Like us!
Follow us!
Connect us!
Watch us!

देशभर बाढीपहिरो: ६ जनाको मृत्यु, ७ जना बेपत्ता

अर्थ संसार

शनिबार, १२ असोज २०८१, ०९ : १७ मा प्रकाशित

देशभर बाढीपहिरो: ६ जनाको मृत्यु, ७ जना बेपत्ता

देशभर बाढीपहिरोका घटना बढेका छन्। निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोले ६ जनाको मृत्यु भएको छ। ७ जना बेपत्ता भएका छन्। ७ जना घाइते भएका छन्। 

केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ । क्षतिको पूरा विवरण आउन बाँकी छ।

बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ । पछिल्लो विपद्बाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए।

एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना भएका छन्। २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरु अवरुद्ध छन्। अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको