Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या १९२ पुग्यो, ३० जना अझै बेपत्ता

अर्थ संसार

सोमबार, १४ असोज २०८१, ०७ : ३७ मा प्रकाशित

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या १९२ पुग्यो, ३० जना अझै बेपत्ता

बाढीपहिरो र डुबानमा ज्यान गुमाउनेको संख्या १९२ पुगेको छ। ३० जना अझै बेपत्ता छन्। १९४ जना घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयको उद्धार गरिएको छ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको उनले बताए। यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए। गत बिहीबारदेखि शनिबारसम्मको वर्षाका कारण २५ जिल्लामा ठूलो क्षति पुगेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको