Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपहिरोले ठूलो क्षति भएका धादिङ र काभ्रेका सिडिओ गृहमा तानिए

अर्थ संसार

सोमबार, १४ असोज २०८१, ०९ : २८ मा प्रकाशित

बाढीपहिरोले ठूलो क्षति भएका धादिङ र काभ्रेका सिडिओ गृहमा तानिए

सरकारले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई गृह मन्त्रालय तानेको छ।  धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरूवा गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

बिहीबारदेखि शनिबारसम्मको वर्षाका कारण गएको बाढीपहिरोमा काठमाडौं उपत्यकापछि सबैभन्दा धेरै क्षति भएका यी दुई जिल्ला हुन्। सरकारले रेडअलर्ट जारी भएका जिल्लामा रात्रि बस नचलाउने निर्णय गरेपनि काभ्रे र धादिङमा प्रभावकारी कार्यान्वयन हुन नसकेको गृह मन्त्रालयको निष्कर्ष छ। जसकारण मानवीय क्षति पनि धेरै भएको छ।
गृहले  धादिङमा सुमन घिमिरे र काभ्रेमा उमेश ढकाललाई पठाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको