Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डमा ब्यापक बेथिति, तीन बर्षदेखिको सार्वजनिक निष्काशन थाती, अध्यक्ष आफै निराश

अर्थ संसार

बुधबार, १६ असोज २०८१, १४ : ५९ मा प्रकाशित

धितोपत्र बोर्डमा ब्यापक बेथिति, तीन बर्षदेखिको सार्वजनिक निष्काशन थाती, अध्यक्ष आफै निराश

पूँजी बजारको सर्वोच्च नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डमा झांगिएको बिकृति देखेर बोर्डका अध्यक्ष महेश बराल आफै निराश बन्न पुगेका छन् । तीन बर्षदेखिको सार्वजनिक निश्काशन थाती राखिएको बोर्डमा अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा अध्यक्ष बन्न गएका महेश बराल आफै निराश बनेर बाहिरिने चरणमा पुगेका छन् । 

दुई बर्षदेखि अध्यक्षको पद रिक्त रहेकोमा बराललाई अर्थ मन्त्रालयले प्रतिनिधि तोकेपछि धितोपत्र सम्बन्धी ऐनको पछिल्लो संशोधनको आधारमा उनी स्वतः अध्यक्ष बनेका थिए । अर्थ मन्त्रालयले बोर्डको अध्यक्ष नियुक्तिका लागि रोकिएको प्रक्रियालाई पुनः चालु गरेपछि यही असोज १८ गते अन्तर्वार्ता दिन बाँकी तीन जना उम्मेदवारलाई अन्तर्वार्तामा बोलाएर आउने सोमबार नयाँ अध्यक्ष नियुक्तिको तयारी भईरहेको छ । नयाँ अध्यक्ष आउने दिन नजिकदिै गर्दा बराल भने बोर्डमा ब्याप्त विकृति र कर्मचारी संयन्त्रको कारणले केही काम गर्न नसकिने अवस्था रहेको तीतो पोख्दै विदाईको अन्तिम तरखरमा लागेका छन् । 

धितोपत्र बोर्डमा नयाँ अध्यक्षका लागि संतोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, डा.नबराज अधिकारी, चिरन्जिवि चापागाँई र कृष्ण बहादुर कार्की संक्षिप्त सूचीमा छानिएका छन् । अघिल्लो पटक अन्तर्वार्तामा बोलाउँदा संतोष र मुक्ति मात्रै गएपछि प्रक्रिया बीचमै अवरुद्ध बनेको थियो र सरकार परिवर्तन भयो । नयाँ सरकारले सर्वोच्च अदालतको आड लिदै पहिले नै संक्षिप्त सूचीमा परेकालाई नयाँ छनौट समितिमार्फत अन्तिम तीन जनाको सिफारिस गर्न अह्राएपछि शुक्रबारको अन्तर्वार्ताको सूचना प्रकाशित गरिएको हो । ओली सरकारले स्वार्थ समूहबाट पाँच अर्ब बुझेको आरोप सहित संतोष वा मुक्ति मध्ये एक जनालाई अध्यक्ष बनाउने तयारी गरेपछि नयाँ अधयक्षले बरालको तीतो अनुभुतिसँगै यसअघिका अध्यक्ष रमेश हमाल र भीष्मराज ढुंगानाको नियति भोग्नुपर्ने चर्चा चुलिएको छ । 

धितोपत्र बोर्डमा तीन बर्षदेखिका सार्वजनिक निश्काशनका फाईलहरु थन्किएर रहेका छन् । नयाँ अध्यक्षले साताको दुई वटा सार्वजनिक निश्काशनको फाईल सदर गरे पनि कम्तिमा एकबर्षसम्म आईपीओ, एफपीओ, हकप्रदको ओईरो लाग्ने अवस्था छ । कतिपय लघुवित्तले सेयर संरचना मिलाउन २०७८ सालमै एफपीओ स्वीकृतिका लागि आवेदन गरेपनि अहिलेसम्म फाइल सदर हुन नसक्दा उनीहरु राष्ट्र बैंकको कारबाहीमा पर्ने संभावना बढेर गएको छ । त्यस्तै कयौं हाईड्रोपावर कम्पनीहरुको आईपीओ स्वीकृति नहुँदा निर्माण कार्यको भुक्तानी र उपकरण आयातमै समस्या परेको छ । अहिले बोर्डमा ३५ वटा कम्पनीको आईपीओ, २० वटा कम्पनीको हकप्रद, १५ वटा कम्पनीको डिबेन्चर, चार वटा कम्पनीको एफपीओ गरी ७० अर्बको सार्वजनिक निश्काशन स्वीकृतिको पखाईमा छन् । पछिल्लो समयमा दुई वटा बीमा कम्पनीले हकप्रद निश्काशनको स्वीकृति पाएका छन् । नयाँ अध्यक्षको नियुक्ति हुनासाथै अहिलेको संख्यामा दोब्बर कम्पनीले आवेदन गर्ने हुँदा सार्वजनिक निश्काशनको ओईरो लाग्ने संभावना छ । 
उता धितोपत्र बोर्डमा प्रक्रियागत ढिलासुस्ती र कर्मचारीको बखेडाले गर्दा आवेदन गर्ने कम्पनीहरु हैरान छन् । कर्मचारीले अनेक बहाना गरेर फाईल अड्काईदिँदा सोझो बाटो गएकाहरु त निराश छन् नै घुस दिएर फाईल अगाडि बढाउन खोज्नेहरु पनि सुत्र फेला नपर्दा विलखबन्दमा परेको बताईन्छ । कर्मचारीहरु सोझै घुस नमागेर तेस्रो पक्षसँग सम्पर्कमा रहने र जसबाट लाभ प्राप्त हुन्छ, उसैको फाईल अगाडि बढ्ने गरेको बताईन्छ ।

यस बिषयमा धितोपत्र बोर्डका प्रवक्ता नवराज अधिकारीलाई सम्पर्क गरी सोध्दा उनले अविभावकिय भूमिकामा बसेर घुस लिने काम गर्न नहुने भएपनी कहि कतै यस्ता इस्युहरु आइरहेको र त्यसबारे छानबिन गरेर कारबाहि प्रक्रिया अगाडि बढाइने बताए । 

‘हामी अभिभावकिय भूमिकामा रहेर यस्तो गर्न त मिल्दैन् कतै कतै घुस खाएको कुरापनि आइराखेको छ केही केही इस्युहरुबारे छानबिन पनि भइराख्या छ । अब घुस खाने/लिने कुरा त हामीलाई भनेर खादैनन्/लिदैनन् । भित्रभित्रको कुरा त के हो ।’ 

उनले धितोपत्र बोर्डको काम कार्यवाहक अध्यक्षले जोखिम मोल्न नचाहेकाले पनि अघि बढ्न नसकेको बताएका छन् । 

उनले भने ‘बोर्डको काम त  नियुक्त भएरै आएका अध्यक्ष भए त गर्नैपर्छ । कार्यवाहक अध्यक्षलाई यस्तै हो, अलि रिश्क लिन चाहदैनन् । अहिले पनि अध्यक्ष ज्युले जोखिम लिन डराएरै काम अगाडि नबढेको हो यसमा शंका नै छैन् ।’  

उता धितोपत्र बोर्डमा आउने नयाँ अध्यक्षले नयाँ स्टक एक्सचेन्ज, कमोडिटी स्टक एक्सचेन्ज र स्वार्थ समूहका अनेक कम्पनीका आईपीओहरु स्वीकृत गर्ने कार्यभार पुरा गर्नुपर्ने हुँदा उनका अगाडि ब्यापक चुनौति देखा पर्नेछ । त्यसमाथि बोर्ड र अर्थ मन्त्रालयका कर्मचारीतन्त्रको असहयोगले अहिलेका अध्यक्ष बराल जस्तै उनले पनि निराश भएर बीचमै पद छाड्नुपर्ने वा कुनै काण्डमा जाकिने संभावना रहेको देखिन्छ । स्वार्थ समूहकै काम गर्दा यसअघिका अध्यक्ष ढुंगाना र हमाल बदनाम भएर मुद्दा लागी बाहिरिएका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको