Like us!
Follow us!
Connect us!
Watch us!

दश महिनादेखि नेतृत्व विहीन धितोपत्र बोर्ड, रोकियो २७ अर्बको आईपीओ

अर्थ संसार

सोमबार, २६ कार्तिक २०८१, १३ : ०५ मा प्रकाशित

दश महिनादेखि नेतृत्व विहीन धितोपत्र बोर्ड, रोकियो २७ अर्बको आईपीओ

धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा विभिन्न ३४ वटा कम्पनीको २७ अर्ब रुपियाँ बराबरको साधारण सेयर (आईपीओ) अन्यौलमा परेको छ । 

आईपीओ निष्काशनका लागि निवेदन दिएका यी कम्पनीहरुले बोर्डको अध्यक्ष नियुक्ति नहुँदा अनुमति पाउन सकेका छैनन् । सेयर निष्काशन गर्न खोज्ने कतिपय कम्पनीले त अध्यक्ष नहुँदा निवेदन समेत दिन सकेका छैनन् । 

यसरी पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड नै अध्यक्षबिहीन हुँदा प्राथमिक बजारमा सुस्तता छाएको छ ।

अध्यक्षबिहीन भएको १० महिना सकिन लाग्दा पनि बोर्डले नँया अध्यक्ष पाउन सकेको छैन् । हुन त गत साउन ३ गते अर्थमन्त्री पौडेललले बोर्डमा कार्यवाहक अध्यक्षको जिम्मेवारी मन्त्रालयका प्रतिनिधिलाई दिएका थिए तर, यसरी नियुक्त भएका व्यक्तिले खासै प्रभावकारी भूमिका निर्वाह गर्न सकेको देखिंदैन ।

बोर्डमा अहिले अध्यक्षको रुपमा अर्थमन्त्रालयका सहसचिव महेश बराल छन् । अर्थ मन्त्रालयबाट गएका सहसचिवले पाईपलाइनमा रहेका आईपीओ निष्कासन गर्न अनुमति दिने आँट गरेका छैनन् । बोर्डका सामान्य दैनिक कार्य भने जसोतसो भइरहेका छन् ।
प्रक्रिया पूरा गरेका कम्पनीलाई सार्वजनिक निष्कासनको स्वीकृति दिनसमेत बोर्डले सकेको छैन । अर्थमन्त्रालयको निरीह शाखाजस्तो बनेको बोर्डमा अध्यक्ष नहुँदा प्रभावित भएका कामले मुलुकको अर्थतन्त्रमा दैनिक करोडौंको नोक्सानी पुर्‍याइरहेको छ ।

बोर्डको पछिल्लो तथ्यांकअनुसार ३४ कम्पनीका १६ करोड ९१ लाख ७८ हजार ८७ कित्ता आईपीओ स्वीकृतीको पखाईमा छन् । त्यसको कुल मूल्य भने २६ अर्ब ९८ करोड ५६ लाख २५ हजार रुपियाँ रहेको छ । यी मध्ये पनि स्वीकृतिको पर्खाइमा रहेका फाइलहरुमा अधिकांश जलविद्युत् कम्पनीहरुको आईपीओ रहेको छ ।

आईपीओ निष्काशनका लागि अनुमति नपाउँदा जलविद्युत् आयोजनाहरुले निर्माणको समयमा लगानी परिचालन गर्न नपाई समस्यामा परेका छन् ।

गत पुष २० गते रमेश हमालको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले खुला आवेदन माग गरेको थियो । तर, विवादका कारण नयाँ अध्यक्ष नियुक्ति हुन् सकेन् । दश महिनादेखि बोर्डको अध्यक्ष पद रिक्त रहे पनि अध्यक्ष नियुक्ति प्रक्रियामा गरिएका खराब राजनीतिक हर्कत, स्वार्थका कारण यो प्रक्रियाले टुङ्गो भने पाएन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको