Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया,अन्तर्वार्ताका लागि दुईजनाको मात्रै उपस्थिती

अर्थ संसार

आइतबार, ०९ मंसिर २०८१, ०९ : ३२ मा प्रकाशित

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया,अन्तर्वार्ताका लागि दुईजनाको मात्रै उपस्थिती

धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तरवार्तामा दुई जना मात्रै उपस्थित भएका छन् ।अन्तर्वार्तामा बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो प्रस्तुति दिएका छन्। 

बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने आज पनि अनुपस्थित रहेका छन् । यसअघि बोलाएर स्थगित भएको अन्तरवार्तामा पनि चापागाईँ सहभागी भएका थिएनन् ।  

यसअघि सर्टलिस्टमा परेका पाँचमध्ये दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले आफ्नो अन्तर्वार्ता र कार्ययोजना प्रस्तुत गरिसकेका थिए।

अघिल्लो वर्ष पुस २० गतेदेखि रिक्त धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयदेखि अन्योलमा रहँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको