नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष ७ महिना माघसम्म ७ वटा कम्पनीलाई हकप्रद सेयर र ४ वटा कम्पनीलाई आइपीओ ल्याउन अनुमति दिएको छ।
सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार धितोपत्र बोर्डले ७ कम्पनीलाई ९ अर्ब २९ करोड ६५ लाख रुपैयाँबराबरको हकप्रद जारी गर्न र ४ वटा कम्पनीलाई ८५ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति दिएको हो ।
हकप्रद ल्याउने कम्पनी
लाइफ इन्स्योरेन्स कर्पोरेसन,एनएलजी इन्स्योरेन्स र नेको इन्स्योरेन्स तथा लिबर्टी इनर्जी, बलेफी हाइड्रोपावर, ङादी ग्रुप पावर र दोर्दी खोला जलविद्युत
आइपीओ ल्याउने कम्पनी
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स तथा ओम मेगाश्री फर्मास्युटिकल्स
यस्तौ यो अवधिमा बोर्डले १२ वटा म्युच्युअल फण्डलाई पनि निष्काशनको अनुमति दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस