तोपत्र बोर्ड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सहकार्य गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा बुधबार धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र त्रिवि व्यवस्थापन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. भवानीशंकर आचार्यले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार पुँजी बजारका विविध विषयमा अध्ययन तथा अनुसन्धान, लगानीकर्ता प्रशिक्षण तथा सचेतना अभिवृद्धिसम्बन्धी पाठ्यक्रम विकास, वित्तीय साक्षरता अभिवृद्धिलगायत धितोपत्र बोर्डका कर्मचारीको क्षमता वृद्धिका लागि विभिन्न किसिमका तालिम तथा व्यवसायिकता अभिवृद्धि गरिनेछ।
उक्त सम्झौतापत्र अनुसार बोर्डले तोकेका धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास र विस्तारसँग सम्बन्धित विषयवस्तुमा एकल वा बोर्डसँग सहकार्य गरी अध्ययन तथा अनुसन्धान गरिनेछ ।
यसैगरी वित्तीय साक्षरतासम्बन्धी पाठ्यक्रमको विकास तथा साक्षरता अभिवृद्धि कार्यक्रम संचालन गर्ने-गराउने, विभाग अन्तर्गत अध्ययनरत विद्यार्थीहरुलाई पुँजी बजार सम्बन्धमा तालिम तथा प्रशिक्षण प्रदान गर्ने रहेका छन् ।
साथै बोर्डका कर्मचारीहरुको क्षमता तथा व्यवसायिकता अभिवृद्धि गर्न सहयोग पुग्ने तालिम तथा अन्र्तक्रिया कार्यक्रमहरुको विकास तथा आयोजना गर्ने मुख्य उद्देश्य रहेको जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस