Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज साधारणसभा हुन लागेका चार कम्पनी, कसले कति दिँदैछन् लाभांश ?

अर्थ संसार

शुक्रबार, १८ असोज २०८१, ०९ : २० मा प्रकाशित

यी हुन् आज साधारणसभा हुन लागेका चार कम्पनी, कसले कति दिँदैछन् लाभांश ?

अहिले लाभांश घोषणाको लहर चलेको छ। दसैं लागेसँगै नेप्सेमा सूचीकृत कम्पनीहरुलाई लाभांश घोषणा र साधारणसभाको चटारो छ। आज शुक्रबार चार कम्पनीको साधारणसभा हुँदैछ। जसमा तीन वटा जलविद्युत कम्पनी छन्।

अपर स्याङ्गे हाइड्रोपावर, बाराही हाइड्रोपावर र मोलुङ्ग हाइड्रोपावरको वार्षिक साधारण सभा आज हुँदैछ। त्यस्तै, नेपाल ल्यूब आयलको साधारणसभा पनि आज हुँदैछ। यद्यपि, यीमध्ये नेपाल ल्यूब आयलले मात्र गत वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ।


२५ प्रतिशत लाभांश पारित गर्दै नेपाल ल्यूब आयल
२५ प्रतिशत लाभांश घोषणा गरेको नेपाल ल्यूब आयल लिमिटेडको वार्षिक साधारण सभा बिहान साढे ११ बजे आह्वान भएको छ। पुल्चोकमा रहेको याक प्लालेसमा साधारणसभा हुँदैछ।

नेपाल ल्यूब आयलले गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिसकेको छ। सोही एजेण्डा पारित गर्नेछ। त्यस्तै, प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव पनि साधारणसभामा पेस हुँदैछ।

साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले असोज ४ गते बुक क्लोज गरिसकेको छ। असोज ४ भन्दा अघिसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

बाराही हाइड्रोपावर
बाराही हाइड्रोपावरको वार्षिक साधारण सभा कलंकीमा रहेको गौरव इभेन्ट्स, गौतम प्लाजामा बसिरहेको छ। यो कम्पनीले यस वर्ष लाभांश घोषणा गरेको छैन। 

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण साधारणसभामा पेस हुनेछ। चालु आवका लागि लेखापरिक्षक नियुक्त गरिनेछ।  सभा प्रयोजनार्थ यस कम्पनीले असोज १० गते बुक क्लोज गरिसकेको छ । असोज ९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

अपर स्याङ्गे हाइड्रोपावर
अपर स्याङ्गे हाइड्रोपावरको वार्षिक साधारण सभा बिहान १० बजे काठमाडौ.को चप्पल कारखाना चोकमा रहेको कुण्डलिनी दरबार ब्यांकेटमा बस्दैछ। कम्पनीले पनि लाभांश घोषणा गरेको छैन।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणसहित वित्तीय विवरणमा छलफल हुनेछ।

चालु आवका लागि लेखापरीक्षक नियुक्त गरिनेछ।  सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते बुक क्लोज गरिसकेको छ। असोज २ गतेसम्म कायम सेयरणधनीले मात्र सभामा भाग लिन पाउनेछन्।

मोलुङ्ग हाइड्रोपावर
मोलुङ्ग हाइड्रोपावरको वार्षिक साधारण सभा कीर्तिपुर, नगाउँ दोबाटोमा रहेको बाघभैरव ब्यांकेटमा बस्दैछ। दुई आर्थिक वर्षको साधारणसभा रहे पनि लाभांश प्रस्ताव गरिएको छैन।

सभामा आर्थिक वर्ष ०७९-८० र ०८०+८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

चालु आवका लागि लेखापरीक्षक नियुक्त गरिनेछ। सभाले नयाँ सञ्चालक समिति गठन गर्नेछ। सभा प्रयोजनका लागि असोज २ गते बुक क्लोज गरिसकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको