Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिबी हाइड्रोपावरको हकप्रद जारी गर्ने बाटो खुल्यो, साधारणसभाले दियो स्वीकृति

अर्थ संसार

सोमबार, २१ असोज २०८१, १६ : ५९ मा प्रकाशित

सिईडिबी हाइड्रोपावरको हकप्रद जारी गर्ने बाटो खुल्यो, साधारणसभाले दियो स्वीकृति

सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज असोज २१ गते सम्पन्न भएको छ। 

सभाले अघिल्ला दुई आर्थिक वर्षका लागि चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर (करसहित) वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । त्यस्तै,  बोनस सेयर जारी पश्चात् कायम हुने चुक्ता पूँजीको ५४.५ प्रतिशत (१ः०.५४५ अनुपात) हकप्रद सेयर जारी गर्ने र त्यसका लागि आवश्यक कार्य गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ। 

यस बाहेक विशेष प्रस्तावको रुपमा  कम्पनीको नाम परिवर्तन सहित प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्तावमा पनि कम्पनीका सेयरधनीले स्वीकृति दिएका छन्।  कम्पनीले अगाडी सारेको  कम्पनीको परिवर्तन गर्न लागिएको नाम सिईडिबि होल्डङ्ग्स लिमिटेडलाई साधारणसभाले सहमित दिएको छ।  

सभा प्रयोजनार्थ कम्पनीले असोज ७ गते बुक क्लोज गरेको थियो । असोज ६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको