Like us!
Follow us!
Connect us!
Watch us!

बसमा यात्रा गर्दा वान्ता हुने समस्या छ ? यसो गर्नुहोस्

अर्थ संसार

विहीबार, २४ असोज २०८१, ११ : ५० मा प्रकाशित

बसमा यात्रा गर्दा वान्ता हुने समस्या छ ? यसो गर्नुहोस्

यतिखेर यो वर्षको बडादशैँ सुरु भइसकेको छ। जसले गर्दा धेरै मानिसहरु कर्मथलोबाट दशैँ मनाउन आ-आफ्ना घर‚ गाउँ फर्किने गरेका छन्। जसले गर्दा यतिखेर काठमाडौं पोखरा जस्ता ठूला शहरबाट मानिसहरुले लामो दुरीको गाडी यात्रा गरेर आफ्नो घर गाउँको यात्रा गरिरहेका छन्।

तर लामो बसको यात्रा गर्दा धेरै मानिसलाई रिँगटा लाग्ने तथा कसै कसैलाई त वाक् वाक् भएर भमिट हुने समस्या पनि हुने गरेको पाइन्छ। जसलाई मेडिकल भाषामा मौसम सिक्नेस भन्ने गरिन्छ।

यदि तपाईंलाई प्रायः यस्तो हुन्छ भने तपाईंको लागि केही सुझावहरू छन्, जसको मद्दतले तपाईं सजिलै यो समस्या समाधान गर्न सक्नुहुन्छ ।

यी कुराहरूमा अपनाउनुस् सावधानी 

बसमा लामो दुरीको यात्रा गर्ने अघिल्लो दिनदेखि नै आफ्नो खानपानमा विशेष ध्यान दिन सके यात्राको क्रममा हुने धेरै समस्या कम गर्न सकिन्छ। लामो दुरीको यात्रा गर्ने अघिल्लो दिन सकेसम्म हेभी खाना खानु हुँदैन। यसका अलावा माछामासु‚ पिरो‚ अमिलो जस्ता खानेकुरा पनि खानु हुँदैन। यात्राको क्रममा विभिन्न कारणले बिरामी पर्ने पनि हुन्छ। जस्तो: बान्ता हुने, ग्याष्ट्रिक हुने, पखाला लाग्ने जस्ता समस्या आउन सक्छन्। त्यसैले होटल तथा अन्य पसलहरुमा राखिएका खानेकुराहरु सकभर खानु हुँदैन। यात्रा गर्दा सकेसम्म फलफूल तथा आफैँले घरमा बनाएको रोटी‚ चना जस्ता साधारण खाना खानु राम्रो हुन्छ।

होटल तथा बाटोका पसलमा राखिएका खानेकुराहरु बासी तथा लामो समय खुल्ला ठाउँमा नछोपी राख्ने हुँदा यस्ता खानेकुराले पखाला तथा पेट दुख्ने समस्या देखिन सक्छ। गाडी चढ्दा वाकवाकी आउने समस्या धेरैलाई हुन्छ। विशेषगरी धेरै घुम्ती भएको अप्ठेरो बाटोमा बान्ता आउने सम्भावना बढी हुन्छ। 

गाडी चढ्दा मुखमा अदुवाको सानो टुक्रा वा नुनिलो चकलेट खाँदा फाइदा हुन्छ‚ यसबाट बान्ता आउने जोखिम कम हुन्छ। यसबाहेक यात्रा गर्नुपूर्व अदुवा राखिएको चिया पिउनाले पनि फाइदा हुन्छ। गाडीमा यात्रा गरिरहँदा किताब पढ्ने वा मोबाइल चलाउने काम सकेसम्म नगरेको राम्रो हुन्छ यसो गर्दा चक्कर लाग्छ र पेट बटार्छ। यात्रामा निस्कँदा सकेसम्म खाली पेट निस्कन हुँदैन। यसले गर्दा पेट बटार्ने तथा वाक् वाक् हुने समस्या झन् धेरै हुन्छ।

 यस्तै,धेरैले बसको यात्रा गर्दा विभिन्न प्रकारको जंक फूडका साथै बजारमा पाइने कोक‚ फेन्टा जस्ता पेय पदार्थ सेवन गरेको पाइन्छ। यस्तो गर्दा हामीलाई झनै नकारात्मक असर गरी रहेको हुन्छ। त्यसैले सकेसम्म जंक फूडको त सेवन गर्नु हुँदैन तर मुख्य कुरा के हो भने यात्राको क्रममा प्रशस्त मात्रामा पानी खान सकियो भने धेरै फाइदा हुन्छ। पर्याप्त मात्रामा खाना खानाले हामीलाई यात्राको क्रममा हुने धेरै समस्याबाट छुटकारा पाउन सकिन्छ। यात्रा मौसम सिक्नेसको समस्या भएर भमिट हुनेहरुले यात्रा गर्नु १/२ घन्टाअघि भमिट नहुने औषधी सेवन गर्दा पनि धेरै राम्रो हुन्छ। आफूले खाने औषधि साथमा लिएर जान बिर्सिन हुँदैन।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको