Like us!
Follow us!
Connect us!
Watch us!

शाकाहारीले दशैंमा के-के खाने, कसरी खाने ?

अर्थ संसार

शुक्रबार, २५ असोज २०८१, १० : ४४ मा प्रकाशित

शाकाहारीले दशैंमा के-के खाने, कसरी खाने ?

दशैं भन्ने बित्तिकै रातो टीका, जमारा, पिङ, र मान्यजनको आर्शिवाद त छँदैछ, विभिन्न प्रकारका परम्परागत खाना झल्को आउँछ मासुका परिकारहरु घरघरमा पाक्छन् । मिष्ठान्न भोजन दशैंको नौ दिनै पाकेका हुन्छन् ।

घरमा होस् वा खाजाको रुपमा पाहुना जाँदा बिहान, दिउँसो र बेलुकाको खानामा छाकैपिच्छे मासुकै परिकार बढी पाक्छन् । अहिले दशैंको रमझममा नेपालीहरु छन् । अधिकांशको घरमा भोज भतेर लगाउने र मासुजन्य परिकार अधिक खाने क्रम दशैंमा हुन्छ । तर माछामासु नखानेहरुले पनि दशैं मनाइरहेका छन् । माछामासु नखानेहरुले के खाने ? हरियो तरकारी, काउली, साग, च्याउआदीको कुनै चर्चा हुने गरेको छैन् ।

शाकाहारीले पनि दशैंलाई खानपानका हिसावमा स्वादीलो बनाउन सक्छन् । यदि तपाई शाकाहारी हुनुहुन्छ अथवा तपाइको परिवारमा कोहि शाकाहारी हुनुहुन्छ भने तपाईले नियमित रुपमा खाने काउली, घिरौला, बन्दा, भन्टा, साग, मूलाका साथसाथै पनिर, च्याउका विभिन्न स्वादिलो परिकार बनाउँन सक्नु हुन्छ ।

दूधका परिकार खानेहरुले दशैंमा खिर, घिउ, पनिरलाई विशेष प्राथमिकता दिएर खान सकिन्छ । त्यसैगरी दूधबाट बनेका अन्य परिकार दहि, दूध, मिठाइहरु पनि खाएर दशैं मनाउन सकिन्छ । दूधका परिकार नखानेले विभिन्न जातका च्याउ खान सकिन्छ । माछामासु नखानेहरुले पनिर, च्याउ, घिउलाई प्राथमिकतामा राखेर खान सकिन्छ । त्यसैगरी अण्डा खानेहरुले अन्य तरकारीका साथै अण्डाका विभिन्न परिकार बनाएर खान सकिन्छ ।

सामान्य तरकारीहरुलाई पनि विभिन्न परिकार बनाएर विशेष गरी खान सकिन्छ । नियमित रुपमा खाने काउली, घिरौला, बन्दा, भन्टा, साग, मूलाका साथसाथै पनिर, च्याउका विभिन्न स्वादिलो परिकार बनाउन सकिन्छ । दशैंमा मटर पनिर, पालक पनिर, तोफु, मटर मसरुम पनिर, लगातयको तरकारी बनाउन सकिन्छ ।

च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तत्वहरू पाइन्छ । त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा हुने च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको छ जसको प्रयोग दशैंमा स्वास्थ्यका हिसाबले पनि हितकर हुन्छ ।शाकाहारीले दशैंको समयमा चना, केराउ, बोडीको तरकारीहरुको प्रयोग गर्न सकिन्छ । त्यस्तै आलुको अचार, काक्राको पुरानो अचारको प्रयोग पनि गर्न सकिन्छ ।

दशैंको अवसरमा शाकाहारीले प्रयोग गर्न सक्ने अन्य खानेकुरामा फलफूल र मिठाइ पनि हुन्छ । त्यसका लागि बजारमा किनिएका मिठाइ भन्दा घरमा नै बनाउन सकिने लालमन, रसवरी, जेरी, नरीवलको वर्फी, सेल, अनरसा लगायतका मिठाइको प्रयोग गरेर दशैंलाई स्वादीलो बनाउन सकिन्छ । त्यस्तै फलफुल, लस्सीको प्रयोग पनि दशैंमा गर्न सकिन्छ । दहीको प्रयोग दशैंमा धेरै हुने गरेको छ । दही, चिउरासँग आलूको अचार धेरै स्वादिलो हुन्छ । दशैंमा अन्य आफूलाई खान मन लाग्ने विभिन्न परिकार बनाउन सकिन्छ । हामी अन्य समयमा भन्दा दशैंको समयमा फुर्सद हुने हुँदा अरुबेला बनाएर खान नपाएका खानेकुराहरु यस बेला मजाले बनाएर खान सकिन्छ ।

शरीरलाई आवश्यक पर्ने तत्वहरु प्राप्त हुनेगरी आफूले खाने गरेकै खानेकुरा खाएर साकाहारीले पनि दशैंलाई मांसाहारीले जसरी नै मनाउन सकिन्छ । अझ जनावरको अधिकारका लागि मासु नखानेहरुले त आफूले दशैं लगायत कहिल्यै पनि कुनै जीवलाई दुख नपुर्याएकोमा आत्मसन्तुष्टि प्राप्त हुने हुँदा उनीहरुको दशैं अझ विशेष र खुसी हुने देखिन्छ ।

शाकाहारीले पनि खान हुँदैन अत्यधिक  खानेकुरा 

शाकाहारीले दशैंमा सबैभन्दा बढी पनिर खाने गर्छन् । ठिक्क खाँदा कुनै हानि गर्दैन । तर फाइदा गर्छ भन्दैमा लगातार बढी खाएमा भने यसले पनि समस्या निम्त्याउँछ ।

गुलियो पदार्थ कति सेवन गर्ने ?

दशैंमा मिठाई पनि अत्यधिक मात्रा खाइन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रतिदिन औसत वयस्कका लागि २५ ग्रामभन्दा कम अर्थात् ६ टेबल चम्चा चिनीको मात्रा सेवन गर्न सिफारिस गर्छ । जुन हामीले दैनिक जीवनमा मिठाई, पेय पदार्थ र प्रशोधित खानामा पाइने चिनीको मात्राबाट खाइरहेका हुन्छौं । शरीरलाई दैनिक कति क्यालोरी आवश्यक हुन्छ ? एक सामान्य वयस्क पुरुषका लागि दैनिक करिब २५ सय क्यालोरी आवश्यक हुन्छ । जबकि महिलाहरूको लागि यो लगभग २०० क्यालोरी हुन्छ ।

यी आवश्यकता व्यक्तिको शारीरिक गतिविधि स्तर, उमेरको आधारमा भिन्न भिन्न हुनसक्छन् । जब शरीरले चहिएको भन्दा बढी क्यालोरी खानाबाट प्राप्त गर्छ, उक्त क्यालोरी अतिरिक्त बोसोको रूपमा शरीरमा भण्डारण हुन्छ, जसले मोटोपन बढाउने र इन्सुलिन प्रतिरोध गर्ने हुन्छ । जसले गर्दा रक्तचापको स्तरमा गडबडी आउने तथा समयसँगै नसर्ने रोगको जोखिम गराउँछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको