Like us!
Follow us!
Connect us!
Watch us!

कीर्तिपुरमा एमाले मुख्यालयको शिलान्यास

अर्थ संसार

शुक्रबार, २५ असोज २०८१, २२ : १८ मा प्रकाशित

कीर्तिपुरमा एमाले मुख्यालयको शिलान्यास

नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा केन्द्रीय कार्यालय भवनको आज शिलान्यास गरेको छ ।  झन्डै ११ रोपनी जग्गामा निर्माण थालिएको भवन एक वर्षभित्र सम्पन्न हुने छ । 

भाटभटेनीका सञ्चालक तथा व्यवसायी गुरुङले नि:शुल्क उपलब्ध गराएको १० रोपनी १४ आना जग्गामा भवन बनाउन थालिएको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा एमाले कार्यालय भाडामा सञ्चालन हुँदै आएको भए पनि बाढीका कारण बस्न अप्ठ्यारो भएपछि एमालेले आफ्नै नयाँ भवन निर्माण गर्न लागेको हो ।

बल्खुस्थित पार्टीको जग्गामा पनि तीनतिर खोलाका कारण भवन निर्माण गर्न नमिल्ने भएपछि व्यवसायी गुरुङले दिएको जग्गामा निर्माण गर्न लागिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको