Like us!
Follow us!
Connect us!
Watch us!

उद्धार यात्रामा कतै कठिनाइ भए अप्ठ्यारो नमानी फोन गर्नु : प्रधानमन्त्री

अर्थ संसार

सोमबार, २८ असोज २०८१, ०९ : ३४ मा प्रकाशित

उद्धार यात्रामा कतै कठिनाइ भए अप्ठ्यारो नमानी फोन गर्नु : प्रधानमन्त्री

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले मेची महाकाली राष्ट्रिय उद्धार यात्राको समुद्घाटन गरेका छन्। 

 उद्घाटनसँगै यात्रीहरूलाई दशैं टिका लगाइदिनु भएको उनले  यात्राको क्रममा कुनै अवरोध भए आफूलाई तुरुन्त फोन गर्न भनेका छन्।। मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा कुनै कठिनाइ भए अप्ठ्यारो नमानी आफूलाई फोन गर्न बताएका हुन्। उनले यात्रीहरूका लागि आफ्नो फोन हटलाइन सरह रहने बताए।  

मानव सेवा आश्रमले हरेक वर्ष सडकपेटी र सार्वजनिक स्थलमा कस्तोपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मेची महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ। 

यात्रीहरू भोलि बिहान १० बजेको आसपासमा मेची पुल पुग्नेछन् र उद्धार कार्यको थालनी गर्नेछन्। 

उद्धार भएकाहरूलाई सम्बन्धित प्रदेशमा रहेको मानवसेवा आश्रमको सेवा केन्द्रहरूमा गृह प्रवेश गराइनेछ। यात्रामा ५० जना यात्रीहरू रहेका छन्। 

मानवसेवा आश्रमको ७ प्रदेशको १९ जिल्लामा २५ वटा सेवा केन्द्रहरू सञ्चालित छन्। पहिलो मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ७५८ जनाको उद्धार भएको थियो भने अघिल्लो वर्ष भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ३०४ जनाको उद्धार भएको थियो। 

यो उद्धार यात्राको खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ। मानव सेवा आश्रम २०८२ साल भित्र नेपाललाई कोही पनि नागरिक खुल्ला आकाशमुनि सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने देश नेपाल निर्माण गर्ने संकल्प सहित २०६९ सालदेखि क्रियाशील हुँदै आएको छ ।

 

670c957f15f17.jpg 670c957f6efbf.jpg 670c957f77334.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको