Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सवा ४ अर्बको धितोपत्र सूचीकृत, साढे २ अर्बको बोनस सेयर

अर्थ संसार

मंगलबार, २९ असोज २०८१, १७ : ३९ मा प्रकाशित

नेप्सेमा सवा ४ अर्बको धितोपत्र सूचीकृत, साढे २ अर्बको बोनस सेयर

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चालु आर्थिक वर्षको २ महिना भदौसम्म सवा ४ अर्ब रुपैयाँको बराबर सेयर सूचीकृत भएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको भदौसम्मको तथ्यांकले यस्तो देखाएको हो।

समीक्षा अवधिसम्म नेप्सेमा २ अर्ब ५४ करोड बराबरको बोनस सेयर, १ अर्ब ७२ करोड बराबरको हकप्रद सेयर र ४७ लाख बराबरको एफपीओ गरी कुल ४ अर्ब २६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

तथ्यांक अनुसार २०८१ भदौ मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २६७ पुगेको छ। सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० भदौमा सूचीकृत कम्पनीको संख्या २५५ रहेको थियो।

सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.५ प्रतिशत रहेको छ। त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.७ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको