Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव पेस गर्न आह्वान

अर्थ संसार

बुधबार, ३० असोज २०८१, १४ : २१ मा प्रकाशित

बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव पेस गर्न आह्वान

नेपाल राष्ट्र बैंकले बैंकहरुमा ५ अर्ब ३१ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपका रुपमा क, ख र ग वर्गका बैंकहरुमा लगानी गर्ने भएको हो । 

जसअन्तर्गत राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ४ अर्ब २४ करोड ८० लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ७९ करोड ६५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २६ करोड ५५ लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा राख्नेछ ।

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यसका लागि कात्तिक २ गते (शुक्रबार) साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ । 

यस्तो मुद्दति निक्षेप २०८१ कात्तिक १३ गतेदेखि २०८२ कात्तिक १२ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको