Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा रास्वपाको प्रदर्शनमा अश्रुग्याँस प्रहार, स्थिति तनावग्रस्त बन्दै

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, १४ : २४ मा प्रकाशित

पोखरामा रास्वपाको प्रदर्शनमा अश्रुग्याँस प्रहार, स्थिति तनावग्रस्त बन्दै

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा हानेको थियो । तर त्यसपछि भिड पछि नहटेपछि प्रहरीले अश्रुग्याँस हानेको छ । 

रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखराको चिप्लेढंगास्थित मानवअधिकार चोकमा जम्मा भएर जिल्ला प्रशासन अगाडी पुगेर अहिले पनि नाराबाजी गरिरहेका छन् । प्रदर्शनलाई ध्यानमा राख्दै ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारी र प्रहरी आमने सामने हुदा अवस्था तनावग्रस्त बनेको छ ।

प्रहरीले शुक्रबार पक्राउ परेका रवि लामिछानेलाई भने अहिले जिल्ला अदालत कास्कीमा पुर्याएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको