Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारबाट उठ्यो ७ अर्ब ४० करोड पूँजीगत लाभकर

अर्थ संसार

सोमबार, ०५ कार्तिक २०८१, १२ : ५९ मा प्रकाशित

सेयर बजारबाट उठ्यो ७ अर्ब ४० करोड पूँजीगत लाभकर

चालु आर्थिक वर्षको तीन महिनामा सेयर बजारबाट ७ अर्ब ४० करोडको पूँजीगत लाभकर संकलन भएको छ ।

सीडीएससीबाट प्राप्त तथ्यांकअनुसार सरकारले सेयर बजारबाट असोजमा मात्रै ५८ करोड ६५ लाख रुपैयाँ पुँजीगत लाभकरबापत राजस्व संकलन गरेको छ।

साउनमा सबैभन्दा धेरै ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ संकलन भएकोमा गत भदौमा सेयर बजारबाट सरकारले २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ। गत भदौको तुलनामा असोजमा सरकारले पाउने राजस्व ७७.२६ प्रतिशतले घटेको हो।

तथ्यांकअनुसार असोजमा व्यक्तिगततर्फ अल्पकालीन लगानीकर्ताले २८ करोड ८५ लाख रुपैयाँ र दीर्घकालनी लगानीकर्ताले २३ करोड ६५ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका छन्। सेयर बजारमा अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ।

यसैगरी असोजमा संस्थागत लगानीकर्ताले ६ करोड ९ लाख ७२ हजार रुपैयाँ र स्टक डिलरले ४ लाख ३४ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन्। यी दुवै १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ।

सेयर बजारमा आफूले किनेको सेयर नाफामा बेच्दा नाफाको रकमको पुँजीगत लाभकर तिर्नुपर्छ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको