Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोलाई १ अर्ब ८२ करोडको हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

अर्थ संसार

सोमबार, ०५ कार्तिक २०८१, १३ : १० मा प्रकाशित

बलेफी हाइड्रोलाई १ अर्ब ८२ करोडको हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावर लिमिटेडलाई  शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ ।

बोर्डले बलेफी हाइड्रोलाई १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । कम्पनीले बैंकको ऋण तिर्नका लागि हकप्रद निष्कासन गर्न लागेको हो। 

कम्पनीको गत वर्षकोअसोजमा सम्पन्न  दशौं र एघारौं वार्षिक साधारण सभाले हाल कायम चुक्तापुँजी बराबर हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।

कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको