Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले ल्यायो तिहार तथा छठ पर्वमा क्यासब्याक अफर

अर्थ संसार

बुधबार, ०७ कार्तिक २०८१, १४ : २३ मा प्रकाशित

कुमारी बैंकले ल्यायो तिहार तथा छठ पर्वमा क्यासब्याक अफर

कुमारी बैंकले आउदो तिहार, किजा पूजा तथा छठ पर्वका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।

कार्तिक १४ देखि कार्तिक २२ गते छठ पर्व सम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिएको हो ।  

यो अफर अन्तर्गत भाई टिका तथा किजा पूजाको दिन (कार्तिक १४) मा कुमारी बैंकको मोबाइल बैंकिङ सेवामार्फत रकम ट्रान्सफर गर्ने पहिलो १ हजार  सेवाग्राहीहरुले २५ प्रतिशत वा अधिकतम रु. ५० क्यासब्याक पाउनेछन्। त्यस्तै बाँकी ८ दिनमा कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत बस्तु तथा सेवा खरिद गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता र ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम रु. ५ सय १ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

यस अफरलाई थप आकर्षक बनाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजेसम्म सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरी क्यासब्याक प्रदान गरिनेछ। बैंकको विश्वास छ कि यसप्रकारको प्रोत्साहनले चाडपर्वको समयमा वित्तीय कारोबारलाई डिजिटल माध्यमबाट गर्न प्रेरित गरी डिजिटल अर्थव्यवस्था विकासमा सहयोग पुर्‍याउनेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको