Like us!
Follow us!
Connect us!
Watch us!

डलरको मूल्यले पुनः बनायो नयाँ रेकर्ड, कति छ अन्य मुद्राको विनिमयदर ?

अर्थ संसार

विहीबार, ०८ कार्तिक २०८१, ०८ : ५५ मा प्रकाशित

डलरको मूल्यले पुनः बनायो नयाँ रेकर्ड, कति छ अन्य मुद्राको विनिमयदर ?

नेपाली बजारमा डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। यसअघि बुधबार पनि डलरको मूल्यले रेकर्ड बनाएको थियो।

यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा पुगेको छ भने खरिददर १३४ रुपैयाँ २४ पैसा पुगेको छ।

आज एक यूरोको खरिददर १४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३३ पैसा तोकिएको छ भने एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ं रुपैयाँ ७१ पैसा छ भने एक मलेसियन रिंगिटको खरिददर ३० रुपैयाँ ८६ पैसा र र बिक्रीदर ३१ रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको