अमेरिकी डलरको मूल्य बलियो बन्दै गएको छ। त्यसको प्रत्यक्ष प्रभाव विश्व बजारसँगै नेपाली बजारमा परेको छ। डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदै गएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज पुस २५ गते बिहीबार १ अमेरिकी डलरको मूल्य (बिक्रीदर) १३७ रुपैयाँ ६६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३७ रुपैयाँ ०६ पैसा छ । यो हालसम्मकै उच्च मूल्य हो। यसअघि मंगलबार डलरको मूल्य १३७ रुपैयाँ ६३ पैसा पुगेर रेकर्ड कायम गरेको थियो ।
डलरको मूल्य बढ्दा मुलुकको व्यापार घाटा झन् बढ्न सक्छ। किनकि नेपालको निर्यातभन्दा आयात धेरै हुने गरेको छ। डलरको मूल्य बढ्दा आयात हुने सबै वस्तु महँगिन जान्छ । यसले मुलुकमा मुद्रास्फिति बढ्ने जोखिम रहन्छ । सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपूर्जा, औद्योगिक कच्चा पदार्थ समेत महँगिन जान्छ । डलरको मूल्य बढ्दा पर्यटन र रेमिट्यान्स क्षेत्रबाट नेपाललाई हुने आम्दानी रुपैयाँमा भने केही बढी देखिन जान्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस