Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य,अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

अर्थ संसार

बुधबार, २१ कार्तिक २०८१, ०८ : ५८ मा प्रकाशित

बढ्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य,अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मंगलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य बढेको छ । 

 नेपाल राष्ट्र बैंकका अनुसार आज  १ अमेरिकी डलरको मूल्य  (बिक्रीदर) १३४ रुपैयाँ ८८ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ २८ पैसा छ । अघिल्लो दिन अहिलेसम्मकै उच्च भाउमा पुगेको डलरको मूल्य बुधबार १ पैसाले घटेको हो । मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ८९ पैसा तथा खरिददर १३४ रुपैयाँ २९ पैसा थियो ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४७ रुपैयाँ ०४ पैसा रहेको छ भने खरिददर १४६ रुपैयाँ ३९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७५ रुपैयाँ २० पैसा र खरिद दर १७४ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ७४ पैसा र बिक्रीमा ९७ रुपैयाँ १७ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको