Like us!
Follow us!
Connect us!
Watch us!

डलरसँग नेपाली रुपैयाँ निरन्तर अबमूल्यन, अर्थतन्त्रमा के असर गर्छ ?

अर्थ संसार

बुधबार, ०४ असार २०८२, १६ : २७ मा प्रकाशित

डलरसँग नेपाली रुपैयाँ निरन्तर अबमूल्यन, अर्थतन्त्रमा के असर गर्छ ?

पछिल्लो समय नेपाली रुपैयाँ विदेशी मुद्रासँग लगातार रुपमा अबमूल्यनमा परिरहेको छ । नेपाली रुपमो विदेशी मुद्राको तुलनामा निकै कम हुँदै गएको तथ्यांकले देखाएको छ । केही दिन सार्वजनिक भएको आर्थिक सवेक्षण अनुसार पछिल्ला केही वर्षहरुमा लगातार रुपमा नेपाली रुपैयाँ डलरको तुलनामा कमजोर हुँदै गइरहेको छ ।

आर्थिक सर्वेक्षण अनुसार पछिल्लो १० वर्षमा नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर हुँदै गएको छ । २०७२ साल असार महिनामा एक अमेरिकी डलरको मूल्य १०१ रुपेयाँ १४ पैसा रहेको थियो । २०८२ साल असार ३ गते एक अमेरिकी डलरको मूल्य १३७ रुपैयाँ ४१ पैसा पुगेको छ । यो अवधिमा अमेरिकी डलरको मूल्य ३६ रुपैयाँ २७ पैसाले बढेको छ । अमेरिकी डलरको मूल्य औषतमा वार्षिक ३ रुपैयाँ २९ पैसाले बढेको देखिन्छ ।

त्यस्तै यो अवधिमा युरोको मूल्यमा ५७ रुपैयाँ ६१ पैसा र पाउण्डको मूल्य २८ रुपैयाँ ६५ पैसाले बढेको छ । २०७२ सालको असार अन्तिम युरो एकको मूल्य नेपालीमा १०१ रुपैयाँ ४८ पैसा रहेको थियो भने २०८२ सालमा युरोको मूल्य १५९ रुपैयाँ ०९ पैसा पुगेको छ । २०७२ सालमा १५८ रुपैयाँ ०१ पैसा रहेको पाउण्डको मूल्य अहिले बढेर १८६ रुपैयाँ ६६ पैसा पुगेको छ । विदेशी मुद्रासँग नेपाली रुपैयाँ कमजोर हुनुको कारण नेपालको अर्थतन्त्र नै रहेको अर्थविद्हरुको भनाइ छ ।

आफ्नो अर्थतन्त्र कमजोर भएको अवस्थामा मुद्रा अबमूल्यन हुने गरेको अर्थविद् डा. चन्द्रमणि अधिकारीले बताए । अर्को तर्फ नेपाललाई विदेशी मुद्रा आवश्यक पर्ने भए पनि विदेशी मूलुकलाई नेपालको रुपैयाँ आवश्यक पनि नपर्ने कारणले पनि मुद्रा कमजोर हुने गरेको उनको भनाइ छ । अर्को तर्फ भारतसँग नेपालको स्थिर विनियमदरका कारण पनि रुपैयाँ कमजोर हुने गरेको छ ।

भारतसँग स्थिर रहेको छ । यसले पनि नेपालको मुद्रामा असर गर्ने अधिकारीको भनाइ छ । निर्यात कम भएको मूलुकमा त्यसबाट प्राप्त हुने ट्याक्स कम उठ्ने भए पनि सो देशको मुद्रा कमजोर हुने अधिकारी बताउँछन् । ‘हाम्रो निर्यात निकै कम छ । हाम्रो मुद्रा अरुलाई चाहिदैन । डलर, युरो र पाउण्ड सबैले खोज्छन् । जसले गर्दा उनीहरुको मुद्रा बलियो बनेको हो,’ उनले भने ।

भारतसँगको स्थिर मुद्रा विनियमदर अनुसार त्यहाँको अर्थतन्त्र कमजोर हुँदा भारु कमजोर हुन्छ । त्यसबाट पनि नेपालको मुद्रामा असर गर्ने गरेको अर्थविद् अधिकारीको भनाइ छ । यसरी हेर्दा हामीहरुले बाह्य र आन्तरिक दुवै पक्षले यसमा असर गरेको उनी बताउँछन् ।

विदेशी मुद्राको मूल्य बढ्दा आयात मुखी अर्थतन्त्र भएको मूलुकमा सबै सामानको मूल्य बढ्ने र त्यसको प्रभाव आम नागरिकको भान्सासम्मै पर्ने अधिकारीको भनाइ छ । आयात गर्दा डलरमा गर्नु पर्ने, ऋणको साँवा ब्याज तिर्दा पनि डलरमा तिर्नु पर्ने भएकाले यसले समग्र अर्थतन्त्रमा नै असर गर्ने अधिकारीको भनाइ छ । ‘एक डलरको १२० रुपैयाँ तिर्नु र १३५ रुपैयाँ तिर्नु पर्दा १५ रुपैयाँको फरक पर्ने र त्यसले भाउ बढ्द, विदेशीसँग हामीले ऋण लिएका छौँ । उनीहरुले नेपाली रुपैयाँ लिदैनन् । डलरमा नै भुक्तानी गर्नु पर्छ । यसले साँवा र ब्याज भुक्तानीमा नै बढी खर्च हुन्छ,’ उनले भने । मुद्रा कमजोर भएको अवस्थामा विदेशी लगानीकर्ताहरु लगानीका लागि नआउने उनी बताउँछन् । ‘जति लगानी गरे पनि घटेर जान्छ भनेरे विदेशीहरु लगानी गर्नमा उत्साहीत हुँदैनन्,’ उनले भने ।

डलर लगायत विदेशी मुद्राको मूल्य बढ्दा नेपालले फाइदा लिन सक्ने भनेको रेमिट्यान्स पाउने परिवाले मात्रै हो । पर्यटकबाट केही फाइदा भए पनि त्यो सोचेजस्तो हुन नसकेको अवस्थामा त्यसबाट पनि लाभ लिन सकिएको छैन । डलर लगायत विदेशी मुद्राको मूल्य बढ्दा निर्यात गर्ने मूलुकलाई राम्रो हुने भए पनि हामी आयातमा आधारीत अर्थतन्त्र भएकाले विदेशी मुद्राको मूल्य बढ्दा हाम्रो अर्थतन्त्रमा नकारात्मक असर गर्ने उनी बताउँछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको