प्राइम कमर्सियल बैंकले आफ्नो १७औँ वार्षिक साधारण सभा मंसिर १९ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गर्ने निर्णय गरेको छ। सभा बिहान ११ बजे सुरु हुनेछ, जहाँ बैंकले आगामी वर्षका लागि विभिन्न निर्णयहरू पारित गर्नेछ।
साधारण सभामा गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँको आधारमा ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव प्रस्तुत गरिनेछ, जसमा ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ।
सभामा बैंक सञ्चालकहरूको भत्ता तथा सुविधामा थप तथा हेरफेर गर्ने प्रस्ताव पारित गरिनुका साथै अन्य बैंक वा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति प्रक्रियाका लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरिने छ।
साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसरी, मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका सेयरधनीहरूले साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस