Like us!
Follow us!
Connect us!
Watch us!

लगानी समुहका ७ कम्पनी - ४ कम्पनीको नाफा बढ्दा ३ को संकुचन

अर्थ संसार

सोमबार, ०३ मंसिर २०८१, १२ : १४ मा प्रकाशित

लगानी समुहका ७ कम्पनी - ४ कम्पनीको नाफा बढ्दा ३ को संकुचन

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रहेका लगानी उपसमूहका ७ कम्पनी मध्ये चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ वटा कम्पनीको खुद नाफा बढ्दा ३ वटाको भने गत वर्षको पहिलो त्रैमासको तुलनामा घटेको छ । 

यो अवधिमा नागरिक लगानी कोष,एनआरएन, हाथवे इन्भेष्टमेन्ट र सीइडीबी होल्डिङ्सको नाफा बढेको हो । निफ्रा, इमर्जिङ नेपाल र एचआइडीसीएलको भने आम्दानीमा गिरावट आउँदा नाफा घटेको छ । 

कुन कम्पनीको वित्तीय अवस्था कस्तो ?

नागरिक लगानी कोष

पहिलो त्रैमाससम्ममा नागरिक लगानी कोषले ३० करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसको नाफा २६ करोड ४८ लाख रुपैयाँ थियो । 

कुल आम्दानी ४५ करोड ९१ लाखबाट बढेर ५१ करोड ७० लाख पुगेको छ । यो अवधिमा कोषको प्रतिसेयर आम्दानी १९.८७ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १५७.४२ रुपैयाँ देखिएको छ । ६ अर्ब ५ करोड ७६ लाख रुपैयाँ रहेको नागरिक लगानीकोषको जगेडा कोषमा १८ अर्ब ३४ करोड १६ लाख रुपैयाँ रहेको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले पहिलो त्रैमासमा ४ करोड ३३ लाख खुद नाफा कमाएको छ । गत वर्षको यो अवधिमा कम्पनीले ८८ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको लगानी बिक्रीबाट हुने आम्दानी ३ करोड ६० लाख पुगेको छ । 

यसको सञ्चालन आम्दानी ६ करोड २१ लाख छ । १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको एनआरएनको रिटेन्ड अर्निङमा १५ करोड ९५ लाख रुपैयाँ छ । यसको प्रतिसेयर नेटवर्थ १६७.४९ रुपैयाँ छ ।  इपीएस १४.१७ रुपैयाँ छ । 

हाथवे इन्भेष्टमेन्ट

गत बर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको हाथवे इन्भेष्टमेन्टले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । 

यो अवधिमा कम्पनीको आम्दानी २ करोड १९ लाखबाट बढेर ४ करोड ८८ लाख पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५.४४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ८२.०२ रुपैयाँ छ ।  १ अर्ब २८ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ ४१ करोड ७४ लाख रुपैयाँ रहेको छ । 

सीइडीबी होल्डिङ

पहिलो त्रैमाससम्ममा सीइडीबी होल्डिङको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३५.११ रुपैयाँ रहेको छ । 

यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ देखिएको छ । 

सीइडीबी होल्डिङ्सले असोजसम्म ९ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसको नाफा ३ करोड ३३ हजार थियो ।
१ अर्ब ३ करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४८ करोड ६० लाख जम्मा छ । 

निफ्रा

निफ्राले चालु आवको ३ महिनामा ३५ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको असोजसम्म बैंकले ४१ करोड ३८ लाख नाफा कमाएको थियो । 

यो अवधिमा कम्पनीको ब्याज आम्दानी ७० करोड १५ लाखबाट घटेर ५६ करोड २६ लाख रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर आम्दानी ६.५० रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११५.३८ रुपैयाँ छ ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको निफ्राको जगेडा कोषमा ३ अर्ब ३२ करोड जम्मा छ ।

इमर्जिङ नेपाल 

गत वर्षको ३ महिनामा १ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको इमर्जिङ नेपालले चालु आवको असोजसम्म ६६ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अवतधिमा कम्पनीको प्रतिसेयर आम्दानी ०.४८  रुपैयाँ देखिएको छ । प्रतिसेयर नेटवर्थ भने १११.५६ रुपैयाँ छ ।

५५ करोड ५६ लाख रुपैयाँ रहेको इमर्जिङ नेपालको जगेडा कोषमा ६ करोड ४२ लाख जम्मा छ ।

एचआइडीसीएल
जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडीसीएल)ले ३ महिनाको अवधिमा २७ करोड ३७ लाख नाफा कमाएको छ । गत वर्ष कम्पनीले ३७ करोड ८९ लाख नाफा कमाएको थियो । 

यो अवधिमा वित्तीय आम्दानी पनि  ५५ करोड १३ लाखबाट घटेर ४१ करोड ४ लाख रुपैयाँमा झरेको छ । यसको प्रतिसेयर आम्दानी ४.४६ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ ११८.१२ रुपैयाँ छ । 

२४ अर्ब ५५ करोड ९८ लाख १३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एचआइडीसीएलको जगेडा कोषमा ४ अर्ब ४५ करोड रुपैयाँ भन्दा धेरै जम्मा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको