Like us!
Follow us!
Connect us!
Watch us!

बिग्रिँदै लघुवित्तहरुको वित्तीय अवस्था, १० वटाको नाफा घट्दा १९ लघुवित्त नोक्सानीमा

अर्थ संसार

विहीबार, ०६ मंसिर २०८१, १२ : ४२ मा प्रकाशित

बिग्रिँदै लघुवित्तहरुको वित्तीय अवस्था, १० वटाको नाफा घट्दा १९ लघुवित्त नोक्सानीमा

नेप्सेमा सूचीकृत ५० वटै लघुवित्तले चालु आव प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित विवरण अनुसार पहिलो त्रैमासमा लघुवित्त संस्थाहरूको खुद नाफा  घटेको छ । 

तीन महिनाको अवधिमा लघुवित्तको नाफा घटेर ५३ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ ।

गत वर्षको सोही अवधिमा लघुवित्त संस्थाहरूले ६१ करोड रुपैयाँ खुद नाफा गरेका थिए । ५० लघुवित्तमध्ये यो अवधिमा १९ लघुवित्तले नोक्सानी ब्यहोर्नु परेको छ । 

यस्तो छ नाफा विवरण

सार्वजनिक विवरण अनुसार गुराँस लघुवित्तकले १ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्ष यहि अवधिको तुलनामा  ९८९ प्रतिशत बढी हो । यस्तै,आरम्भ चौतारी लघुवित्तले २ करोड १५ लाख, कालिका लघुवित्तले १ करोड ७० लाख, महिला लघुवित्तले बढेर २ करोड ३३ लाख, स्वाबलम्बन लघुवित्तले ६ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
यसैगरी नेशनल माइकोफाइनान्सले १० करोड ४७ लाख रुपैयाँ, स्वरोजगार लघुवित्तले  ३ करोड ६८ लाख, लक्ष्मी लघुवित्तले  १ करोड ७० लाख, सपोर्ट लघुवित्त २६ लाख, मिथिला लघुवित्तले १ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको तथ्याङ्क छ ।
यस्तै, ग्रामीण विकास लघुवित्तले ८ करोड ७९ लाख, ग्लोबल आइएमई लघुवित्तले ४ करोड ४ लाख, छिमेक लघुवित्तले २३ करोड ७४ लाख रुपैयाँ, साना किसान लघुवित्तले ३२ करोड १८ लाख रुपैयाँ र उन्नति सहकार्य लघुवित्तले २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

१० लघुवित्तको घट्यो नाफा 

गत वर्षको तुलनामा समीक्षा अवधिमा विभिन्न १० लघुवित्तको नाफा घटेको देखिन्छ । यसअवधिमा जीवन विकास लघुवित्त ,डिप्रोक्स लघुवित्त,आरएसडीसी लघुवित्त,फस्र्ट माइक्रोफाइनान्स लघुवित्त, गणपति लघुवित्त,नेष्डो समृद्ध लघुवित्त,युनिक नेपाल लघुवित्त, सम्पदा लघुवित्त,महुली लघुवित्त र एनआईसी एशिया लघुवित्तको नाफा घटेको हो । 

१९ लघुवित्तको प्रतिसेयर आम्दानी ऋणात्मक 

वित्तीय विवरणमा नेरुडे मिर्मिरे,समाज लघुवित्त विन नेपाल ,जाल्पा सामुदायिक ,मातृभूमि लघुवित्त, इन्फिनिटी लघुवित्त,अभियान,सामुदायिक लघुवित्त,नाडेप लघुवित्त,धौलागिरि लघुवित्त,आशा लघुवित्त,स्वाभिमान लघुवित्त,समता घरेलु लघुवित्त,आत्मनिर्भर लघुवित्त र मानुषी लघुवित्तको प्रतिसेयर आम्दानी ऋणात्मक रहेको छ ।

यस्तै,विजय लघुवित्त, मेरो माइक्रोफाइनान्स, सीवाईसी नेपाल, जनउत्थान सामुदायिक र निर्धन उत्थान लघुवित्तको ऋणात्मक प्रतिसेयर आम्दानी रहेको वित्तीय विवरणमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको