Like us!
Follow us!
Connect us!
Watch us!

पुँजी बजारलाई नयाँ उचाईमा पुर्याउनेछुः  अध्यक्ष श्रेष्ठ

अर्थ संसार

मंगलबार, ११ मंसिर २०८१, १८ : ४५ मा प्रकाशित

पुँजी बजारलाई नयाँ उचाईमा पुर्याउनेछुः  अध्यक्ष श्रेष्ठ

नवनियुक्त नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपालको पुँजी बजारलाई नयाँ उचाईमा पुराउने प्रतिबद्दता जनाएका छन् । आज अर्थमन्त्री विष्णु पौडेलबाट पद तथा गोपनियतताको शपथ दिदैं उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले बजार विस्तार गर्न चुनौति धेरै रहेको तर  बजारमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने बताए। नेपाली पुँजी बजारको दायरा अझै बढाउन सकिने उनले बताए ।  श्रेष्ठले लगानीकर्ताको लगानी सुरक्षा मेरो भुमिका रहने दाबी गरे । 

उनले भने, ‘ नेपालको पुँजी बजारलाई मेरो कार्यकालमा नयाँ उचाईमा पुराउने प्रण गर्दछु, मेरो पहिलो प्राथमिकता पारदर्शिता हो । सरकार समक्ष आफ्नो कार्ययोजना प्रस्तुत गरेको छु त्यहि अनुसार पुँजी बजार सुधारका लागि लाग्नेछु।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको