Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताहरूको पहलमा स्थापना भएको एभरेष्ट भेन्चर्सको साधारणसभा सम्पन्न

अर्थ संसार

शनिबार, १५ मंसिर २०८१, १८ : ५० मा प्रकाशित

लगानीकर्ताहरूको पहलमा स्थापना भएको एभरेष्ट भेन्चर्सको साधारणसभा सम्पन्न

पूँजी बजारमा लगानी गर्दै आएकाहरुले स्थापना गरेको लगानी कम्पनी एभरेष्ट भेन्चर्स लिमिटेडले प्रथम बार्षिक साधारणसभा गरी नयाँ संचालक समिति चयन गरेको छ ।

काठमाडौको कमलपोखरीमा शनिवार आयोजित साधारणसभाले डिल्लीराम बसेल, नयन्ँद्र बास्तोला, बासुदेव खरेल, केवलप्रसाद फुँयाल र भुपाल चालिसे रहेको पाँच सदस्यीय संचालक समिति चयन गरेको हो । साधारणसभा लगत्तै बसेको संचालक समितिको बैठकले डिल्लीराम बसेललाई संचालक समितिको अध्यक्ष चयन गरेको छ ।

 कम्पनीको साधारणसभाले विभिन्न बार्षिक प्रगति प्रतिबेदन र लेखापरीक्षण प्रतिबेदन पारित गर्नुका साथै प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन समेत गरेको छ । कम्पनीले तत्कालका लागि धितोपत्र बजारमा लगानी बढाएर सेयरधनीलाई आउने बर्ष राम्रो प्रतिफल दिने अठोट गरेको छ ।

५० करोड जारी पूँजी रहेको कम्पनीमा ३५ करोड रुपैयाँ संस्थापक लगानी रहने र जारी पूँजीको ३० प्रतिशत अर्थात  १५ करोड बराबरको सेयर सर्बसाधारणमा जारी गरिने बताईएको छ । कम्पनी अधिकृत पूँजी भने दुई अर्ब रहेको छ । कम्पनीले निकट भबिष्यमा आफ्नो पूँजी बढाएर लगानीको दायरा फराकिलो बनाउने रणनीति लिएको अध्यक्ष बसेलले बताए ।

 कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा सेयर बजारका लगानीकर्ता तिलक कोइराला छन् ।

674b0e5c55876.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको