Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफले बोलायो साधारणसभा, २० प्रतिशत लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

अर्थ संसार

आइतबार, १६ मंसिर २०८१, ११ : ३५ मा प्रकाशित

सूर्यज्योति लाइफले बोलायो साधारणसभा, २० प्रतिशत लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

लाभांश प्रस्ताव पारित गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७ औं वार्षिक साधारणसभा बोलाएको छ । 

मंसिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस ६ गते विराटनगरको बिग होटलमा बिहान १० बजे वार्षिक साधारणसभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँको करसहित २० प्रतिशतका दरले १ अर्ब २३ लाख ८९ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

सभाले गत वर्ष कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गर्नेछ । वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

लाभांश तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले  लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको