Like us!
Follow us!
Connect us!
Watch us!

रविको पासपोर्ट दुरुपयोग विरुद्धको मुद्दा फुयाल र निरौलाको इजलासमा

अर्थ संसार

सोमबार, १७ मंसिर २०८१, १३ : ०५ मा प्रकाशित

रविको पासपोर्ट दुरुपयोग विरुद्धको मुद्दा फुयाल र निरौलाको इजलासमा

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी किर्ते सम्बन्धी मुद्दा पेसीमा चढेको छ ।

महान्यायाधिवक्ताको कार्यालय र लामिछाने विरुद्धको निवेदन न्यायाधीशहरू हरि फुयाँल र नृपध्वज निरौलाको इजलासमा पेशीमा परेको हो ।

अमेरिकी राहदानी प्रयोग गरिरहेको अवस्थामा लामिछानेले नेपालबाट राहदानी बनाएको र त्यसको प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

प्रहरीले मुद्दा नचल्ने भनी तयार पारेको राय सरकारी वकिल कार्यालयले अनुमोदन गरेको थियो । र, तहगत हुँदै तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ६ चैत, २०७९ मा मुद्दा नचल्ने निर्णय गरेका थिए ।

त्यही निर्णयका विरुद्ध २० चैत, २०७९ मा दायर भएको रिट निवेदन पटक-पटक सर्दै आएको छ ।

युवराज पौडेलले उक्त निर्णय खारेज गरेर लामिछानेमाथि अनुसन्धान गर्न आदेश हुनुपर्ने माग गरी रिट निवेदन दर्ता गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको